१२ असार २०८३, शुक्रबार

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

भदौ ४, २०८२
ललितपुर
ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

ललितपुरमा ट्याक्सी चालक बद्री नगरकोटीमाथि खुकुरी प्रहार गरेर लुटपाट भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई छन् ।​

प्रहरीका अनुसार, उनीहरूले यही भदौ १ गते राति ३ बजे एक ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए ।​ 

बीएच ९३४५ नम्बरको ट्याक्सीका चालक नगरकोटीले उनीहरूले आफूलाई हात्तीवनबाट ठैबतर्फ जाऊँ भन्दै ट्याक्सीमा चढेको र ठैब पुगेपछि ट्याक्सी रोक्न लगाउँदै खुकुरी प्रहार गरेको आरोप लगाएका छन् । खुकुरी प्रहारबाट ट्याक्सी चालकको गर्धन र देब्रे हातमा चोट लागेको छ ।​

नगरकोटीले प्रहरीमा जानकारी गराए अनुसार, राईद्वयले उनको साथमा रहेको मोबाइल, नगद र सुनको सिक्री लुटेर फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी चक्रराज जोशीका अनुसार, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्