०८ साउन २०८३, शुक्रबार
मध्यपूर्व तनाव

गाजा शहर कब्जा गर्ने इजरायलको तयारी, ६० हजार रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइयो

भदौ ५, २०८२
काठमाडौं
गाजा शहर कब्जा गर्ने इजरायलको तयारी, ६० हजार रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइयो

इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेका छन् । यसका लागि उनले करिब ६० हजार अतिरिक्त सिपाही (रिजर्भ फोर्स)लाई ड्युटीमा बोलाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइएका छन् । 

इजरायलले गाजा शहर कब्जा गर्ने मोर्चामा १ लाख ३० हजार सिपाही तैनाथ गर्ने निर्णय गरेको छ । सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तिमा २ हप्ताअघि सूचना दिइनेछ ।

उनको आदेशसँगै इजरायली सेनाले गाजा शहर कब्जा गर्न करिब ६० हजार रिजर्भ सैनिकहरूलाई बोलाएको छ । 

पहिलो ब्याचमा, सेप्टेम्बर २ मा लगभग ४०-५० हजार सिपाही बोलाइनेछ। दोस्रो ब्याच नोभेम्बर-डिसेम्बरमा र तेस्रो ब्याच २०२६ मा फेब्रुअरी-मार्चमा बोलाइने समाचारमा उल्लेख छ । 

गाजा शहरमा बसोबास गर्ने लाखौं प्यालेस्टिनीहरूलाई खाली गराइने र दक्षिणी गाजामा बनाइएका आश्रयस्थलहरूमा सर्ने आदेश दिइने अनुमान छ।

इजरायलको यो योजनाको धेरै सहयोगी देशहरूले आलोचना गरेका छन् । संयुक्त राष्ट्र संघ र गैरसरकारी संस्थाहरूले अर्को आक्रमणले ठूलो मात्रामा विस्थापन निम्त्याउने चेतावनी दिएका छन् ।

कब्जा गर्ने कार्यमा सेनाका ५ डिभिजनहरू संलग्न हुने समाचारमा उल्लेख छ । यसमा १२ ब्रिगेड-स्तरीय टोलीहरू हुनेछन्, जसमा पैदल सेना, ट्याङ्क, तोपखाना, इन्जिनियरिङ र समर्थन एकाइहरू समावेश हुनेछन् । यस बाहेक, गाजा डिभिजनका उत्तर र दक्षिण ब्रिगेडहरू पनि भाग लिनेछन् ।

इजरायली सेनाले गाजा शहर कब्जाको तयारी शुरू भएको जनाएको छ । हाल गाजा शहरको बाहिरी इलाकामा अपरेशन भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्