
रोल्पामा ४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अभियोगमा रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोकबहादुर विक छन् ।
उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । लोकबहादुरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।