०१ असार २०८३, सोमबार

बलात्कार मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका व्यक्ति विमानस्थलमा पक्राउ

भदौ ५, २०८२
काठमाडौं
बलात्कार मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका व्यक्ति विमानस्थलमा पक्राउ

बलात्कार मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपक कुमार श्रेष्ठ रहेका छन् । उनी बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । 

जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनीविरूद्ध डिफ्युजन जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्