०१ असार २०८३, सोमबार

कोरिया पठाउने भनेर ठगी गरेको आरोपमा एक महिला पक्राउ

भदौ ५, २०८२
काठमाडौं
कोरिया पठाउने भनेर ठगी गरेको आरोपमा एक महिला पक्राउ

वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुव्वा (थेवे) रहेकी छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाही लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्