११ साउन २०८३, सोमबार

एनआईसी एसिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने

भदौ ५, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने

एनआईसी एसिया बैंकका ग्राहकले कैलाली हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रालि र बैंकबीच बिहीबार सम्झौता भएको छ । 

यो समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

उनीहरूले  कन्सल्यान्ट ओपीडी/एमर्जेन्सी ओपीडी,जनरल बेड पर डे (अस्पताल भर्ना), क्याबिन पर डे (अस्पताल भर्ना), आईसीयू बेड पर डे, एनआईसीयू बेड पर डे, पोस्ट अपरेटिभ रुम पर डे, जनरल सर्जरी, अर्थोपेडिक, गाइनेकोलोजी, ल्याप्रोसकोपिक सर्जरी, प्याथोलोजी टेस्ट, भिडियो एक्सरे, एक्सरे, ईसीजी, इको, इन्डोस्कोपी, मेडिसिनजस्ता सेवामा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
 
यस सुविधाको उपभोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने छ । 

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा एनआईसी एसिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्