२४ असार २०८३, बुधबार

काठमाडौंमा सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियारसहित एक जना पक्राउ

भदौ ६, २०८२
काठमाडौं
काठमाडौंमा सक्कलीजस्तै देखिने ६ थान नक्कली हतियारसहित एक जना पक्राउ

काठमाडौं उपत्यकामा नक्कली हतियार देखाई आतंक मच्चाउने घटनाहरू बढिरहेका बेला प्रहरीले विशेष सूचनाको आधारमा छापा मार्दै ६ थान नक्कली पेस्तोल बरामद गरेको छ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब १२:३० बजे काठमाडौं–११ सुन्धारास्थित सिभिल मलको पाँचौँ तलामा खानतलासी गर्दा उक्त हतियार बरामद गरेको हो । 

द ब्वाय स्टोर इन्टरप्राइजेज नामक धादिङ निलकण्ठ–३ घर भई बसुन्धारामा बस्ने सन्तोषी श्रेष्ठको पसलबाट उक्त नक्कली हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । 

खानतलासीका क्रममा अवरोध गर्न खोज्ने काभ्रेको रोशी गाउँपालिका–३ घर भई काठमाडौं कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका नक्कली पेस्तोलमध्ये १ थान ‘चाइनिज ७७’ र ५ थान ‘मेड इन जर्मन बेरेट्टा’ रहेको प्रहरीले जनाएको छ। सक्कलीजस्तै देखिने यी मेटालिक हतियारहरू चोरी, डकैती तथा लुटपाटका घटनामा प्रयोग हुने गरेको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्