१५ असार २०८३, सोमबार

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका कांग्रेस जिल्ला सभापति सिंहले दिए राजीनामा

भदौ ६, २०८२
काठमाडौं
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका कांग्रेस जिल्ला सभापति सिंहले दिए राजीनामा

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । 

सिंहले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानून र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन । यसकारण म नियम कानून र पार्टीको वृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ सिंहले लेखेको राजीनामा पत्रमा उल्लेख छ ।

उनले २०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट कांग्रेसको सदस्यता लिएका थिए ।

उनी दुई कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको उपसभापतिको रूपमा जिम्मेवारी निर्वाह गरेपछि  २०७८ साल फागुन २९ गतेदेखि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति भएर  काम गर्दै आएका थिए ।​

२०८० फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई ४ महिना १५ दिन कैद हुने फैसला सुनाएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा सिंह २०५९ भदौ ६ गतेदेखि २०५९ माघ २ गतेसम्म हिरासतमा बसेका थिए । 

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्