३१ जेठ २०८३, आइतबार

काठमाडौंको गोकर्णेश्‍वरबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

भदौ ६, २०८२
काठमाडौं
काठमाडौंको गोकर्णेश्‍वरबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

काठमाडौं​ गोकर्णेश्‍वर नगरपालिका- ८ माकलबारीबाट ब्राउनसुगरसहित ४ जना पक्राउ पक्राउ परेका छन् ।

करिब २ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर र १ लाख ५ हजार रुपैयाँसहित उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका- २ घर भएका ३७ वर्षीय सोनाम तामाङ, ३३ वर्षीय पुष्प तामाङ, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका- ८ बेशीगाउँ बस्ने ३० वर्षीय रोशन आले र धादिङ ज्वालामुखी गाउँपालिका- ३ घर भएका २७ वर्षीय सन्देश अर्याल रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्