०२ असार २०८३, मंगलबार

१७ वर्षीय किशोरीले जन्माइन् मृत जुम्ल्याहा शिशु

भदौ ६, २०८२
हुम्ला
१७ वर्षीय किशोरीले जन्माइन् मृत जुम्ल्याहा शिशु

हुम्लाको दक्षिण भेग चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा सत्र वर्षीय किशोरीले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाले बताए । 
 
 व्यथाले छट्पटिएकी उनलाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्यचौकीमा लगिएको थियो ।

उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो ।  स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्यचौकी संयोजक बुढाले बताए । 

 बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत रहेकी छन् । बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि  अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी थिइन् । हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए । सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्