
नेपालमा एमजीको अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना 'मोरिस गराजेज पाथ्स अफ स्माइल' सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एस ५ ईभी, एमजी विन्डसर इभी र एमजी आइएमट ईभी खरिद गर्दा विशेष सुविधा पाउने कम्पनीले जनाएको छ ।
पर्व विशेष अफर
४ लाखसम्म छुट*
नि:शुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स*
नि:शुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर*
यो अफर यही भदौ ६ गतेदेखि कात्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरुममा उपलब्ध हुनेछ । जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।
प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, 'पर्वहरू खुसी, एकता र उत्सवको समय हो । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं । आकर्षक छुट, नि:शुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।'
पर्वसँगै एमजीको खुशी
'पाथ्स अफ स्माइल' योजनाले नेपालमा एमजीको प्रिमियम, नवीनतम् र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ । चाहे दशैं होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधासहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्दछ ।
थप जानकारीका लागि ग्राहकहरूले एमजी नेपाल वेबसाइट वा नजिकको एमजी शोरुम सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
* सर्तहरू लागू हुनेछन् ।