२४ असार २०८३, बुधबार
मौसम पूर्वानुमान

चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईंका केही क्षेत्रमा हावाहुरी चल्ने

भदौ ९, २०८२
काठमाडौं
चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईंका केही क्षेत्रमा हावाहुरी चल्ने

हाल गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान र कर्णालीका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 

दिउँसो कर्णाली र सुदूरपश्चिमको पहाडी र तराईका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमको तराईमा हावाहुरीको पनि सम्भावना छ ।

राति वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थान तथा देशका बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्