२६ असार २०८३, शुक्रबार

पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिँदै भारतका पूर्वकप्तान सौरभ गांगुली

भदौ ९, २०८२
काठमाडौं
पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिँदै भारतका पूर्वकप्तान सौरभ गांगुली

आफ्नो समयका प्रभावशाली खेलाडी हुन्, सौरभ गांगुली । उनी भारतीय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । यसका अतिरिक्त गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष पनि हुन् ।

उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । तर, कुनै न कुनै रूपमा उनी निरन्तर क्रिकेटसँग जोडिदै आएका छन् ।  अब उनी नयाँ भूमिकामा देखा पर्ने भएका छन् ।

गांगुली छिट्टै प्रशिक्षकको भूमिकामा देखा पर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केही समयअघि उनले भारतीय टोली प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका थिए । तर, अहिले आएर उनी दक्षिण अफ्रिकामा आयोजना हुने फ्रेन्चाइज प्रतियोगिता साउथ अफ्रिका–२० मा प्रशिक्षणको भूमिकामा देखिने लागेका हुन् ।

उक्त लिगमा सहभागी क्लब प्रिटोरिया क्यापिटल्सले उनलाई आफ्नो प्रमुख प्रशिक्षक नियुक्त गरेको समाचारमा उल्लेख छ । उनी व्यवसायीक लिगमा पहिलोपटक प्रशिक्षकको भूमिकामा देखिन लागेका हुन् ।

‘हामी सौरभ गांगुलीलाई आफ्नो टोलीमा प्रमुख प्रशिक्षकका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साही छौं,’ क्लबद्वारा जरी विज्ञप्तिमा भनिएको छ । यसअघि, इङ्ल्यान्डका पूर्वब्याट्सम्यान जोनाथन ट्रट उक्त क्लबको प्रमुख प्रशिक्षक थिए ।

दक्षिण अफ्रिका–२० को आगामी सिजन आगामी डिसेम्बर २६ तारिखदेखि शुरू हुँदैछ । प्रतियोगिता सन् २०२६ को जनवरी २५ तारिखसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्