२२ जेठ २०८३, शुक्रबार

झापामा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ

भदौ ९, २०८२
झापा
झापामा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका- ७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय ​बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्