२१ असार २०८३, आइतबार

किशोरीमाथि बलात्कार प्रयासको आरोपमा ७१ वर्षीय वृद्धसहित दुई जना पक्राउ

भदौ ९, २०८२
झापा
किशोरीमाथि बलात्कार प्रयासको आरोपमा ७१ वर्षीय वृद्धसहित दुई जना पक्राउ

झापाको कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुवैलाई भदौ ५ गते बेलुकी करिब ६ बजे पाथीभरा सामुदायिक वनमा किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो ।  

घटनाबारे भदौ ८ गते प्रहरीमा जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिएर आज जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको डीएसपी खड्काले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्