११ असार २०८३, बिहीबार

झापामा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

भदौ १०, २०८२
झापा
झापामा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

झापामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ बस्ने १९ वर्षीय जीवन कटुवाल छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ 

जीवनले ती किशोरीलाई बुद्धशान्ति गाउँपालिका- १ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्