३० जेठ २०८३, शनिबार

लागुऔषधसहित ६ जना पक्राउ

भदौ १०, २०८२
विराटनगर
लागुऔषधसहित ६ जना पक्राउ

मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

सोमबार मोरङको विराटनगर- १७ स्थितबाट अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कटहरी गाउँपालिका- ४ का महेन्द्र साहलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यसैगरी, सुनसरीको प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका- ११ स्थितबाट भारत विहार सुपोलका सुजन मुखिया र कोशी गाउँपालिका- ६ का सुनिल मुखियालाई ट्रामाडोल १२ हजार ६ सय ट्याबलेटसहित पक्राउ गरेको हो । 

यस्तै, जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले कुम्मायक गाउँपालिका- ४ का रविन लिम्बू, मिक्लाजुङ- १ का सुमन राई र फिदिम नगरपालिका- ४ का वसन्त लिम्बूलाई ८ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्