१३ असार २०८३, शनिबार

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

भदौ १०, २०८२
काठमाडौं
इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका- १ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका- १५ बस्ने ५० वर्षीय योगेन्द्र घले छन् ।​

सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र ​योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका- ९ बाट आइतबार र ​योगेन्द्रलाई काठमाडौं महानगरपालिका- १० बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ​ताहाचल काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्