१० साउन २०८३, आइतबार

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी तनहुँमा सम्मानित

भदौ ११, २०८२
तनहुँ
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी तनहुँमा सम्मानित

 राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो । 

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गरे । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिए । 

    कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्