१० साउन २०८३, आइतबार
विश्वासको मत विवाद

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, पक्षबाट कागज पेश गराउन आदेश

भदौ ११, २०८२
काठमाडौं
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, पक्षबाट कागज पेश गराउन आदेश
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले ‘पक्षबाट कागज पेश गराउने’ आदेश गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पक्षबाट कागज पेश गराउने आदेश गरेको हो ।

सरकारमा सहभागी र समर्थन गरेका दलले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि यो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

अन्तरिम आदेशका लागि आज ११ गते दुवै पक्षलाई उपस्थित हुन सर्वोच्चले आदेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्