
काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
भृकुटीमण्डपबाट शुरू भएको कवाड व्यवसायीको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको उनीहरूको दाबी छ ।
प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।
कवाड व्यवसायीहरू महानगरपालिका कार्यालयको सडक अगाडि सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन् ।
सर्वोच्च अदालतको आदेशविपरीत काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ ।
आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गरलगायतका नारा लगाएका थिए ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।
तस्वीरहरू:
















