१३ असार २०८३, शनिबार

जुवा तास खेल्ने र खेलाउने गरेको आरोपमा काठमाडौंमा नौजना पक्राउ

भदौ ११, २०८२
काठमाडौं
जुवा तास खेल्ने र खेलाउने गरेको आरोपमा काठमाडौंमा नौजना पक्राउ

जुवा तास खेल्ने, खेलाउने गरेको आरोपमा प्रहरीले काठमाडौंमा नौ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–२ सानोभर्‍याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौं महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौं महानगरपालिका–१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौं महानगरपालिका–३१ का ५४ वर्षीय गोपाल तण्डुकार रहेका छन् ।

यसैगरी, रामेछापको शैलुङ दोरम्बा गाउँपालिका–७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौं महानगरपालिका–२४ का ५० वर्षीय सानुकाजी महर्जन तथा काठमाडौं महानगरपालिका–१८ का ४५ वर्षीय राजु नापित रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

‘काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद दुई लाख २१ हजार रूपैयाँ नगद र दश बुक ताससहित पक्राउ गरेको हो’, एसपी बोहराले भने ।

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्