
नेकपा (एमाले) ले भाद्र २० गतेदेखि सुरु हुने दोस्रो विधान अधिवेशनको तयारीलाई तीव्र पारेको छ । अधिवेशन तयारीसम्बन्धी विस्तारित बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले पूर्वनिर्धारित योजनाअनुसार व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिए । उनका अनुसार भाद्र १५ गतेदेखि तयारीलाई अझ तीव्रता दिने निर्णय भएको छ ।
महासचिव पोखरेलले विधान महाधिवेशन तयारीका प्रमुख १२ क्षेत्र तोकिएको बताए । ती क्षेत्रहरूमा प्रतिनिधि व्यवस्थापन, मंच तथा हल व्यवस्थापन, स्वयम् सेवक व्यवस्थापन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य टिम व्यवस्थापन, सांस्कृतिक टिम व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा, दस्तावेज प्रकाशन तथा कार्यालय र अन्य लजिस्टिक व्यवस्थापन रहेका छन् ।
उनले विधान अधिवेशनलाई सफल र व्यवस्थित बनाउन सम्पूर्ण व्यवस्थापन समिति परिचालित भइसकेको र तयारीमा कुनै कमी–कसर नराखिने स्पष्ट पारे ।