११ साउन २०८३, सोमबार

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

भदौ १४, २०८२
बुटवल
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । 

हृदयघातबाट आज बिहान उनको निधन भएको नगरपालिकाका कर्मचारी खुसीराम लामिछानेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन जाने क्रममा उनको निधन भएको हो । 

 

परम्परागत रूपमा आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लामिछानेले जानकारी दिए । सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

गत चुनावमा उनी ८ हजार २११ मत ल्याएर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उपप्रमुख कल्पना हरिजन भने एमालेबाट निर्वाचित हुनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्