१२ असार २०८३, शुक्रबार

गृहमन्त्री लेखक चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगञ्ज आउँदै

भदौ १४, २०८२
विरगञ्ज
गृहमन्त्री लेखक चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगञ्ज आउँदै

गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा पुग्ने भएका छन् ।

गृहमन्त्री लेखक यहाँका हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज आउन लागेका हुन् । पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन ।

गृहमन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचाररत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँग पनि भेटघाट गर्नेछन् । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए । 

गृहमन्त्रीको सचिवालयले वीरगञ्जमा आउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायतमा सहजीकरण गर्ने जनाएको छ । 

यही भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो । 

सो बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्