१९ असार २०८३, शुक्रबार

रुपन्देहीका २ गाउँपालिकाका पूर्वअध्यक्ष एमालेमा प्रवेश

भदौ १४, २०८२
बुटवल
रुपन्देहीका २ गाउँपालिकाका पूर्वअध्यक्ष एमालेमा प्रवेश

रुपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सम्मरीमाई गाउँपालिका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बानियाँ शनिबार एमाले प्रवेश गरेका हुन् । साथै उनीकहरूका समर्थक पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई शनिबार एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।​ शुक्ला र बानियाँ दुवै जना आफ्नो पालिकामा मात्र नभई छिमेकी पालिकामा समेत राम्रो प्रभाव रहेका नेता मानिन्छन् ।

null

सम्मरीमाई ६ असुरैना निवासी शुक्ला, गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरमबाट २०७४ मा पालिका अध्यक्ष निर्वाचित भएका थिए ।

त्यसपछि कांग्रेस अनि एमाले हुँदै २०७९ मा माओवादीमा प्रवेश गरेर स्थानीय तहमा उम्मेदवार बनेर पराजित भएका थिए ।

एमाले प्रवेश गरेका बानियाँले २०७४ सालमा उपेन्द्र यादव समूहको मधेशी जनअधिकार फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्ष जितेका थिए । २०७९ सालमा लोसपाबाट गाउँपालिका अध्यक्षमै पुनः उम्मेदवार बनेका उनी त्यतिबेला भने पराजित भए ।

salt training

कमेन्ट गर्नुहोस्