०६ साउन २०८३, बुधबार

सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

भदौ १४, २०८२
काठमाडौं
सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ ले १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कन्क्लेभको घोषणापत्र जारी गर्दै पत्रकार क्रान्ति शाहले कन्क्लेभले दुवै मुलुकबीचको साझा मुद्दा खोजी गरेर सार्वजनिक गर्ने र ती मुद्दा दुवै मुलुकका सरकार र सम्बन्धित निकायबाट सम्बोधनका लागि पहल गर्ने निष्कर्ष रहेको बताए । 

यस्तै, गलत सूचना र दुष्प्रचारको समस्याबाट मिडियालाई जोगाएर तथ्यपूर्ण ‘रिपोर्टिङ’का लागि सक्रिय हुने, दुवै देशका नागरिकका वास्तविक समस्यालाई उजागर गर्ने, समाजमा द्वन्द्व वा वैमनश्यता उत्पन्न हुनसक्ने विषयमा संवेदनशील बन्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् । 

कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले यस्ता खालका रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि अनुरोध गरे ।  मिडिया फर बोर्डर हार्माेनी, भारतका अध्यक्ष अमरेन्द्र तिवारीले यस्ता खालका सम्मेलन आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गरेर दुवै मुलकबीच थप सम्बन्ध विस्तार गर्ने बताए । 

कार्यक्रममा खानेपानीमन्त्री प्रदिपकुमार यादवले नेपाल र भारतको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजाउनुपर्ने बताए । उनले कन्क्लेभले पारित गरेको घोषणापत्रले दुवै मुलुकबीच थप सम्बन्ध विस्तारको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

    मन्त्री यादवले कतिपय भारतीय मिडियाले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने गरी विभिन्न खालका अफवाह फैलिने गरी समाचार सम्प्रेषण गर्दा समस्या हुनेतर्फ सहज रहन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्