२७ असार २०८३, शनिबार

बागमती प्रदेशसभाको बैठक बस्दै, के छ कार्यसूची ?

भदौ १५, २०८२
हेटौंडा
बागमती प्रदेशसभाको बैठक बस्दै, के छ कार्यसूची ?

बागमती प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजे बस्दै छ । 

बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । 

विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए । 

यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्र वाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्