१९ असार २०८३, शुक्रबार

मुसीकोटमा पहिरोले पुरिएर १ जनाको मृत्यु

भदौ १५, २०८२
रुकुम पश्चिम
मुसीकोटमा पहिरोले पुरिएर १ जनाको मृत्यु

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

आज बिहान भेँडा बाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

उनीसँगै भेँडा र बाख्रा समेत पहिरोमा पुरिएर मरेका छन् ।

हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको वडाध्यक्ष चन्दले बताए ।

उनका अनुसार, मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्