१९ असार २०८३, शुक्रबार

एमालेका यी–यी रहेछन् बामदेवलाई हराउने !

मंसिर २७, २०७४
एमालेका यी–यी रहेछन् बामदेवलाई हराउने !

काठमाडौं–काखामा दाँत हुने आफन्ती नै भएपछि के लाग्दोरहेछ र ! एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको प्रमुख सूत्राधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता बामदेव गौतम बर्दिया पुगेर कोखामा दाँत भएका आफन्तीबाट कसरी सकिएछन् ? एकदमै ठूलो डिवेटमने चर्चा आहिले एमालेभित्र चलिरहेको छ । 

आजको जनआस्था साप्ताहिक लेख्छ–भैंसी मोटाएर हात्ती बनेको कहीँ पनि देखिएको छैन । तर, बर्दिया १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमलाई त्यहीँका एमालेहरुले त्यस्तो बनाइदिए । 

अर्थात, स्थानीय निर्वाचनमा जम्मा २४ हजार मत पाएको नेपाली कांग्रेसले पाँचै महिनामा ४४ हजार भोट पाएर चुनाव जित्ने कुरा स्वाभाविक होइन। सिध्याउन पनि अरुले होइन, केपी ओली गुटकै खासखास भनिएका श्याम ढकाल, दामोदर आर्याल, खड्गबहादुर खड्का, सूर्य थापाहरुले बर्दियामा बामदेव हराउन मुख्य भूमिका खेलेको भनि एमाले अध्यक्ष केपी ओलीसहित मुख्य नेताकहाँ जिल्लाको पार्टी कमिटीबाट रिपोर्टिङ भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्