०८ साउन २०८३, शुक्रबार
मौसम पूर्वानुमान

बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भदौ १६, २०८२
काठमाडौं
बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा ठूलो पानी परेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आजराति सुदूरपश्चिमका केही स्थान, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्