०४ साउन २०८३, सोमबार

एनआईसी एशियाका ग्राहकले ३ करोडसम्म घर कर्जा पाउने

भदौ १६, २०८२
काठमाडौं
एनआईसी एशियाका ग्राहकले ३ करोडसम्म घर कर्जा पाउने

एनआईसी एशिया बैंकले ग्राहकको आवश्यकता पूरा गर्न ३ करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरूप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको घर कर्जा आकर्षक ब्याजदरसहित उपलब्ध हुने बैंकले जनाएको छ । 

न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिने घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्न उपलब्ध हुनेछ । 

सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको बैंकले जनाएको छ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहकको सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले बैंकले ल्याएको कर्जा योजनाअन्तर्गत पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्