
सिन्धुलीमा ६५ वर्षीया आमा फालकुमारी सुनुवारको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दूधौली नगरपालिका- १४ भौडी बस्ने ४० वर्षीय तुलाराज सुनुवार छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अंशबन्डाको विषयलाई लिएर तुलाराजले फलामको खन्ती प्रहार गर्दा फालकुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दूधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।