०६ असार २०८३, शनिबार

३८०० थान भेपसहित काठमाडौंबाट तीन जना पक्राउ

भदौ १६, २०८२
काठमाडौं
३८०० थान भेपसहित काठमाडौंबाट तीन जना पक्राउ

प्रहरीले काठमाडौंबाट ३८०० थान भेपसहित (विद्युतीय चुरोट) तीन जनालाई पक्राउ गरेको छ । 

अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-१५ चमतीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्ने ४० वर्षीय निमा छिरिङ शेर्पा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने ५२ वर्गीय रामबमहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको कपन बस्ने ४२ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन् । 

विशेष सूचनाको आधारमा पुगेको अपराध अनुसन्धान कार्यालयको टोलीले चमतीस्थित रमेश श्रेष्ठको घरको भुइँतलाको एउटा कोठामा लुकाई छिपाई राखेको अवस्थामा कार्टुनमा प्याक गरिएको उक्त भेपसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्