०८ असार २०८३, सोमबार

बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

भदौ १६, २०८२
चितवन
बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका- २९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीशहर नगरपालिका- ११ का मनबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्