०४ साउन २०८३, सोमबार

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

भदौ १६, २०८२
काठमाडौं
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । 

संयुक्त राष्ट्रसंघको शान्ति मसिन मिनुस्कामा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फालाई बदली गर्नका लागि  सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौं डफ्फाका ७१ जना शान्ति सैनिक प्रस्थान गरेका हुन् ।

एघारौं डफ्फाका सैनिक आइतबार राति मिसन इलाका प्रस्थान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका नेपाली शान्ति सैनिकहरू आइतबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १२३९ जना शान्ति सैनिक कार्यरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्