२२ असार २०८३, सोमबार

शाङ्घाइ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन​

भदौ १६, २०८२
काठमाडौं
शाङ्घाइ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन​

प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई आज सम्बोधन गरेका छन् ।

उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखे ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुई पक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्