
नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाई राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि अतिक्रमण गरेको भन्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले राँके जुलुस निकालेको छ ।
लिपुलेकमा भएको भारतीय र चिनियाँ द्विपक्षीय व्यावसायीक सम्झौताको विरोधमा सोमबार साँज जुलुस निकालिएको सो संगठनको भनाइ छ ।