
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताएका छन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए ।
मन्त्री भण्डारीले भने, “जनआकाङ्क्षा धेरै छन् । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन । एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो । अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ ।”
गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उनको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।