२९ असार २०८३, सोमबार

ओली र पुटिनबीच भेटवार्ता

भदौ १६, २०८२
काठमाडौं
ओली र पुटिनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज औपचारिक भेटवार्ता भएको छ।  शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिनमा रहेका प्रधानमन्त्री र पुटिनबीच आज राति भेटवार्ता भएको हो । 

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । 

यसअघि प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए । 

यस्तै आजै प्रधानमन्त्री ओलीले एससिओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता जनाए। सम्मेलनमा उनले  सम्बोधन पनि गरेका छन् । 

थियानजिनपछि अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै ओलीले भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापान विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागिता जनाउने कार्यक्रम छ।

सो कार्यक्रममा ५० भन्दा बढी देशले सहभागिता जनाउनेछन्।
 

salt training

कमेन्ट गर्नुहोस्