
काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा ०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।