०६ साउन २०८३, बुधबार

गायक मुकेश प्रधानको नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक [भिडियो]

भदौ १७, २०८२
काठमाडौं
गायक मुकेश प्रधानको नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक [भिडियो]

गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् । गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल (INSIDE Mucase )बाट सार्वजनिक गरिएको हो ।

प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द र संगीत रहेको गीतलाई फोसिलले म्युजिक डिरेक्सन गरेको हुन् ।

देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ, जुन धेरै नै हृदयस्पर्शी बनेको छ । 

भिडियोमा नायक बवशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ ।

भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेका हुन् । 

गायक मुकेशका यसअघिका गीतहरूलाई पनि दर्शक/स्रोताले रुचाएकाले यो गीतलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन्।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्