
काठमाडौं, २७ मंसिर — भारत र श्रीलंकाबीच चलिरहेको एकदिवसीय शृंखलाको दोस्रो खेलमा रोहित शर्माले नटआउट दोहोरो शतक बनाएका छन् ।
एकदिवसीयमा दोहोरो शतक बनाउने उनी तेस्रो ब्याट्स्म्यान हुन् । यसअघि भारतकै सचिन तेन्दुल्कर र वीरेन्द्र सहवागले दोहोरो शतक बनाएका थिए ।
चण्डीगढमा टस हारेर ब्याटिङ गरेको भारतले रोहितको पारीसँगै चार विकेटको क्षतिमा ३९२ रनको विशाल स्कोर खडा गरेको छ ।
जम्मा १५३ बलमा नटआउट २०८ रन बनाएका रोहितले १३ चौका अनि १२ छक्का हिर्काएका थिए ।
उनलाई श्रेयस ऐयरले ८८ अनि शिखर धवनले ६८ रन बनाएर साथ दिएका थिए ।
श्रीलंकाका लागि थिसारा परेराले ८ ओभरमा ८० रन दिएर तीन विकेट लिए ।