०२ असार २०८३, मंगलबार

काभ्रेमा टिपर र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

मंसिर २७, २०७४
काभ्रेमा टिपर र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

धुलिखेल, मंसिर २७ - काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ दूधमिल नजिकै आज टिपर र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

पनौतीबाट बनेपातर्फ आइरहेको बा ४ ख ८३१० नं को टिपर र सोही दिशाबाट आइरहेको बा ७७ प ३७० नं को स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार भक्तपुर सानोठिमी नगरपालिका–४ का २४ वर्षीय आकाश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी उपरीक्षक सुनिलजंग शाहले बताए  । 

दुर्घटनामा परी स्कुटरमा सवार अर्का व्यक्ति घाइते भएका छन् । टिपर र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्