१३ असार २०८३, शनिबार

जेनजीलाई सम्बोधन गर्दै बालेनले भने– सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुहोला, संसद् विघटन अनिवार्य

भदौ २४, २०८२
काठमाडौं
जेनजीलाई सम्बोधन गर्दै बालेनले भने– सेना प्रमुखसँग वार्ता गर्न तयार रहनुहोला, संसद् विघटन अनिवार्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनकारीलाई सरकारको नेतृत्व गर्न तयार हुन आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले संयमित हुन आग्रह गरे ।

उनले भनेका छन्, 'हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।'

उनले सत्ताको नेतृत्वका लागि सेना प्रमुखसँग वार्ता गर्न तयार हुन आग्रह पनि गरेका छन् । 'देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।'

उनले वार्ताका लागि संसद् विघटन हुनुपर्ने शर्तसमेत राखेका छन् । 'तर याद रहोस्— वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ,' उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्