१३ असार २०८३, शनिबार
घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध

सेनासहित सुरक्षा फौज परिचालन भएपछि काठमाडौंको जनजीवन क्रमशः सामान्य बन्दै

भदौ २५, २०८२
काठमाडौं
सेनासहित सुरक्षा फौज परिचालन भएपछि काठमाडौंको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौै उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।

साथै नेपाली सेनाले अत्यावश्यक काममाबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।

हाल काठमाडौंका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । 

प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

salt training

कमेन्ट गर्नुहोस्