२५ असार २०८३, बिहीबार
डिल्लीबजार कारागारमा तनाव

डिल्लीबजारमा कैदीबन्दीको नारा– रवि मात्र नागरिक हैनन्, जेनजी आऊ, हामीलाई पनि बचाऊ !

भदौ २५, २०८२
काठमाडौं
डिल्लीबजारमा कैदीबन्दीको नारा– रवि मात्र नागरिक हैनन्, जेनजी आऊ, हामीलाई पनि बचाऊ !

कैदीबन्दी निस्किएपछि डिल्लीबजार कारागारको अवस्था तनावग्रस्त बनेको छ ।

नेपाली सेनाले घेरा हालेर रोक्ने प्रयास गरे पनि कैदीबन्दी गेट अगाडिको सडकमै निस्किएर नारा लगाइरहेका छन् ।

उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई छाड्ने, आफूहरूलाई चाहिँ भित्र राख्ने ? भनेर प्रश्न समेत गरेका छन् ।

रविमात्रै देशको नागरिक हो र ? भन्ने प्रश्न गरेका कैदीबन्दीले 'जेनजी आऊ, हामीलाई पनि बचाऊ,' भनेर नारा लगाएका छन् ।

कतिपयलाई प्रहरीले पैसा खाएर भगाइसकेको र आफूहरू निर्दोष रहेको उनीहरूको जिकिर छ ।

उनीहरूलाई नेपाली सेनाले घेरेर राखेको छ ।

सेनाको घेराबाट निस्किन नपाएपछि उनीहरूले कारागारमै आगो लगाएका छन् ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्