
सर्वोच्च अदालतले अर्को सूचना जारी नहुँदासम्मका लागि सुनुवाइका क्रममा अदालतमा रहेका मुद्दाका पेसी स्थगन गरेको छ ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आज जारी गरेको सूचनामा अब अर्को सूचना नभाएसम्मका लागि पेसीमा राखिएका मुद्दाहरू स्थगित गरिएको उल्लेख छ ।
'मिति २०८२/५/२४ गते भएको आगजनीका कारण सर्वोच्च अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको छ,' सूचनामा भनिएको छ, 'भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभाएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । यसबाट सर्वसाधारण सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ ।'
‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मङ्गलबार सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो ।