२३ असार २०८३, मंगलबार

महाराजगंजको भाटभटेनी लुट्ने ४ जना पक्राउ, डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी समातिए

डिल्लीबजारमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्ति पैसा फालेर भागे
भदौ २५, २०८२
काठमाडौं
महाराजगंजको भाटभटेनी लुट्ने ४ जना पक्राउ, डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी समातिए

काठमाडौंको महाराजगंजस्थित भाटभटेनी सुपरमार्केट लुटपाट गरेको आरोपमा नेपाली सेनाले चार जनालाई पक्राउ गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनीहरूलाई आज नियन्त्रणमा लिइएको हो ।

यसैगरी, डडेढल्धुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाइ समेत सेनाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, डिल्लीबजारस्थित नारायणस्थान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले पैसा फालेर भागेका छन् ।

सेनाले उक्त स्थानबाट दुई लाख ३२ हजार नेपाली र दुई हजार पाँच सय अमेरिकी डलर बरामद गरेको हो ।

हालसम्म सेनाले सुरक्षाकर्मीबाट लुटिएका ३२ नाल हतियार बरामद गरेको छ ।

निर्देशनालयका अनुसार भाग्ने प्रयासमा रहेका डिल्लीबजार कारागारका कैदीबन्दीलार्ई सेनाले रोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्