०२ साउन २०८३, शनिबार
हवाई उडान शुरू हुँदै

विमानस्थल खुल्यो, वायुसेवा कम्पनीको समन्वयमा आउन यात्रुलाई आग्रह

भदौ २५, २०८२
काठमाडौं
विमानस्थल खुल्यो, वायुसेवा कम्पनीको समन्वयमा आउन यात्रुलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । देशमा देखिएको विषम परिस्थिति र विमानस्थल आसपास धुँवा कामयै रहेपछि बन्द रहेको विमानस्थल खुलाउने निर्णय भएको हो । 

बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः विमानस्थल सञ्चालन गर्ने निर्णय भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउजाउ गर्न भनिएको छ ।

साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन भनिएको छ । 

मंगलबारदेखि विमानस्थलमा उडान अवतरण बन्द गरिएको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्